ललिता निवास जग्गा प्रकरणः फरार चार जना पक्राउ

काठमाडाैं | असार १४, २०८०

ललिता निवास जग्गा प्रकरणः फरार चार जना पक्राउ

काठमाडौं:   ललिता निवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रही फरार  ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–५ बस्ने ६९ वर्षीय मिन बहादुर गुरूङ, सोही महानगरपालिका–७ रातोपुल बस्ने ८० वर्षीय धर्म प्रसाद गौतम, सोही महानगरपालिका–४ धुम्बाराही बस्ने ६५ वर्षीय सुधिर शाह र चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने ६० वर्षीय गोपाल कार्की रहेका छन् । 

 

जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कायम गरी हिनामिना गरेको आरोप छ । 

 

यस्तै सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानको क्रममा फरार रहेका उनीहरूलाई  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्